राष्ट्रिय  समस्या समाधानका लागि बृहत् सर्वपक्षी छलफल थाल्नुहोस : अध्यक्ष नेपाल

  • कालिका खवर
  • सोमवार, चैत्र ६, २०७९
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का राष्ट्रिय  समस्या समाधानका लागि बृहत् सर्वपक्षी छलफल थाल्न सुझाव माधवकुमार नेपालले  राष्ट्रिय  समस्या समाधानका लागि बृहत् सर्वपक्षी छलफल थाल्न सुझाव दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा ‘रोष्ट्रम’मा उभिएर उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यस्तो सुझाव दिएका हुन् ।

    “प्रधानमन्त्रीज्यू, मैले यसअघि पनि सर्तसहितको समर्थन दिएर १५ बुँदामा सुझाव दिएका थिएँ । अहिलेको परिस्थिति आउँछ भन्ने संकेत मैले त्यस बेला नै गरेको थिएँ । किनभने, मैले राजनीति दलहरूको नाडी छामेको थिएँ,” नेता नेपालले भने, “गलत कुराको वैधानिकताका लागि दिएको दबाबमा मैले जवाफ पनि दिएको थिएँ । अब राष्ट्रिय समस्याको समाधान गर्नु आवश्यक छ ।”

    सर्वपक्षीय छलफलबाट राष्ट्रिय समस्या सम्बोधनको प्रयास थाल्न सुझाव दिँदै उनले आयात रोकेर वा विकास निर्माण रोकेर विदेशी मुद्रा सञ्चिति गर्ने नीति बदल्न पनि सुझाव दिए ।

    “प्रधानमन्त्रीज्यू, अब देशका समस्या समाधानका लागि बृहत् सर्वपक्षीय छलफल थाल्नुस् र निकासको बाटो खोज्नुस्,” उनले भने, “आयात रोकेर, विकास निर्माण रोकेर विदेशी मुद्रा सञ्चिति समाधान हुन सक्दैन ।”

    उनले विकास निर्माणले रोजगारी सिर्जना गर्ने र अर्को ढंगबाट अर्थतन्त्रको व्यवस्थापन हुने भन्दै काम रोकेर मुद्रा सञ्चितिको अर्थ नहुने बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs