नेकपा एमाले राष्ट्रिय सहमतिबाट भाग्यो : सांसद पौडेल

  • कालिका खवर
  • सोमवार, चैत्र ६, २०७९
  • काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नेकपा (एमाले) राष्ट्रिय सहमतिबाट भागेको आरोप लगाएका छन् । जनमत सबै दललाई मिलेर जाने भए पनि एमाले सो सहमतिविपरीत अघि बढिरहेको उनको जिकिर थियो ।

    सोमबार प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनमतअनुसार राष्ट्रिय सहमतिको कुरा गर्दा एमाले किन भागेको भन्दै प्रश्न समेत गरे ।

    सहमतिको आधारमा मुलुकलाई अघि बढाउन सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसलाई सँगै लिएर जाने प्रधानमन्त्रीको प्रस्ताव स्वाभाविक भए पनि एमालेले त्यसलाई लत्याएको उनको भनाइ थियो ।

    राष्ट्रपति, उपराष्ट्रपतिजस्तो पदलाई दलीयकरण गरेर एमालेले मुलुकलाई सहमतिमै अघि बढाउने बाटो रोक्न खोजेको आरोप उनले लगाए ।

    संसद् विघटन गर्न नहुने सर्वोच्च अदालतको आदेशलाई नमान्ने कुरा एमालेबाट फेरि आएपछि आफूहरूले सो पार्टीसँगको गठबन्धन छोड्ने अवस्था आएको उनले दोहोर्‍याए ।

    सांसद पौडेलले मुलुकलाई अघि बढाउन, आर्थिक संकटबाट जोगाउन पनि दलहरूबीच मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs