बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ

  • कालिका खवर
  • मङ्लबार, चैत्र ७, २०७९
  • काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको टोलीले बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका–१, चरिकोट घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१३, माइक्रोपार्कनजिकै बस्ने ४४ वर्षीय रमेशकुमार श्रेष्ठ रहेका छन् ।

    उच्च अदालत पाटनको २०७९ पुस २९ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १० दिन कैद र १३ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई ब्युरोको टोलीले सोमबार काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs