प्रधानमन्त्री त्रिदेशीय कपका लागि राष्ट्रिय टिमको घोषणा

  • कालिका खवर
  • मङ्लबार, चैत्र ७, २०७९
  • काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्बर्टो भिसेन्जो एनेसले ६ नयाँ अनुहारलाई समेट्दै प्रधानमन्त्री त्रिदेशीय कपका लागि राष्ट्रिय टिमको घोषणा गरेका छन् ।

    एनेसले मंगलबार गोलकिपर अभिषेक बराल, रक्षक सनिष श्रेष्ठ, पदम भट्टराई, मिडफिल्डर मणीकुमार लामा र फरवार्ड दीपकसिंह ठकुरी र सुमित श्रेष्ठलाई समेट्दै २३ सदस्यीय टिमको घोषणा गरेका हुन् ।

    एनेसले घोषणा गरेको टिममा मिडफिल्डर सुजल श्रेष्ठ र फरवार्ड विमल घर्तिमगरले भनकाके स्थान बनाउन सकेनन् ।

    पहिलो खेलमा नेपालले लाओससँग चैत ८ गते खेल्नेछ । चैत ११ गते भुटान र लाओस भिड्नेछन् । यस्तै, चैत १४ गते नेपाल र भुटान भिड्नेछन् । प्रतियोगिताको फाइनल खेल चैत १७ गते हुनेछ ।

    प्रतियोगिताका  लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकट मूल्य सामान्य प्यारापिटतर्फ ५०० र भीआईपीतर्फ एक हजार रुपैयाँ तोकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs