विराटनगरमा भन्सार छलीका सामान बरामद

  • कालिका खवर
  • मङ्लबार, चैत्र ७, २०७९
  • विराटनगर । प्रहरीले विराटनगर महानगरपालिका अन्तर्गतका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरेको छ ।

    अवैध रूपमा भन्सार छली चोरी पैठारी गरिएका अन्दाजी दुई लाख ५५ हजार ९१० रुपैयाँ बराबरका सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    खाद्यान्न तथा लत्ताकपडासमेत जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ । आवश्यक कारबाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाइएको डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs