आजको नेपालको शासन व्यवस्था गिरिजाप्रसाद कोइरालाले लिएको विचारको परिणाम हो : गगन थापा

  • कालिका खवर
  • मङ्लबार, चैत्र ७, २०७९
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पीडितको भावनालाई सम्बोधन गरेमात्र संक्रमणकालीन न्याय टुंग्याएको मानिने बताएका छन् ।

    नेपाल प्रेस युनियन केन्द्रीय समितिले मंगलबार बत्तिसपुतलिस्थित अनुपम फुडल्यान्डमा आयोजना गरेको ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा उनले संक्रमणकालीन न्यायमा पीडितको भावनालाई सम्मान र सम्बोधन गर्न सके मात्र गिरिजाप्रसाद कोइरालाको अभियानले सार्थकता पाउने बताए ।

    सांसदसमेत रहेका थापाले अहिलेको नेपालको शासन व्यवस्था गिरिजाप्रसाद कोइरालाले लिएको विचारको परिणाम भएकाले यो व्यवस्थाको सर्वोच्च नेता कोइराला भएको बताए ।

    “२०६० सालतिर विचार भन्दा हतियार ठूलो र हिंसामार्फत सत्ता प्राप्त हुन्छ भन्ने विचारको नेतृत्व माओवादीले गर्थ्यो । नागरिक स्वतन्त्राबाट शक्ति निसृत भएर शक्ति प्राप्त हुन्छ।

    नागरिक सर्वोपरि हुन् भन्ने विचारको नेतृत्व गिरिजाप्रसादले गर्नुहुन्थ्यो,” उनले भने, “आजको नेपालको शासन व्यवस्था गिरिजाप्रसाद कोइरालाले लिएको विचारको परिणाम हो । उहाँ यो व्यवस्थाको सर्वोच्च नेता हो ।” महामन्त्री थापाले नागरिक सर्वोच्चता स्थापित गर्ने कोइराला संविधानको समेत पिता भएको जिकिर गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs