प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन सक्दैनन् : गगन थापा

  • कालिका खवर
  • बिहिबार, चैत्र ९, २०७९
  • काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा निरासा पैदा आएको बताएका छन् । सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै थापाले पछिल्लो समय नागरिकमा निराशा छाएको बताएका हुन् । थापाले भने,‘प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन सक्दैनन् ।

    कोहि पनि नागरिक यहाँ राम्रो हुन्छ भन्ने विश्वासमा छैनन् । ’ कुर्सीमा बसेको प्रधानमन्त्री डराए मात्रै जनतामा देखिएको निराशा कम गर्न सकिने थापाको भनाइ छ ।

    थापाले भने,‘मैले प्रधानमन्त्रीलाई पटक पटक भन्ने गरेको छु । नागरिकलाई नतर्साउनुस् । तर, प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने अवस्था आएको छ । कम्तीमा दिनमा आधा घण्टा समय निकाल्नुस्। भेटघाट बन्द गर्नुस् र एकपटक सोच्नुस् । आफूसँग भएको एकएक सेकेन्डको कसरी प्रयोग गर्ने भनेर डराउनुस् ।’

    प्रधानमन्त्रीले अनावश्यक भेटघाटलाई बन्द गर्नुपर्ने र आफूसँग भएको एकएक क्षणको समयको प्रयोग गर्नुपर्ने बेला आएको उनले बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs