
दाङ । एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिने तयारीसहित सरकारमा सहभागी पाँच दलको बैठक कपिलवस्तुमा बस्ने भएको छ ।
बैठकमा नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति, जसपा, लोपसा र ३ स्वतन्त्र सासंदले समर्थन फिर्ता लिने बिषयमा छलफल हुने बताइएको छ ।
कपिलवस्तुको होटेल पवनदिपमा बस्न लागेको बैठकले समर्थन फिर्ता सहित सरकारको नेतृत्वको विषय पनि टुङ्गो लगाउने उनको भनाई छ ।