मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, दुई जना घाइते

  • कालिका खवर
  • बिहिबार, चैत्र ९, २०७९
  • बारा : बाराको निजगढ नगरपालिका-१३ मा बुधबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। पछाडि सवार २ जना भने घाइते भएका छन्।

    मृत्यु हुनेमा निजगढ नगरपालिका-१३ वेशीगाउँका १८ वर्षीय दिपक बिक रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका दिपकको उपचारका क्रममा रतनपुरस्थित एम्स अस्पतालमा गएराती साढे १ बजे मृत्यु भएको हो।

    घाइते भएका मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका ३० वर्षीय चन्द्र बहादुर बल र १७ वर्षीय निभराज मोक्तानको सोही अस्पतालमै उपचार भइरहेको छ।

    ना २३ प ६२७७  नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ७ बजे अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिएको अस्थायी प्रहरी पोष्ट रतनपुर बाराले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs