उपनिर्वाचन : राप्रपाको तीनै क्षेत्रमा उम्मेदवार उठाउने निर्णय; कमान्डर तोकियो

  • कालिका खवर
  • सोमवार, चैत्र १३, २०७९
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा तीनै क्षेत्रमा उमेदवार उठाउने निर्णय गरेको छ । सोमबारको केन्द्रीय पदाधिकारी बैठकले तनहुँ–१, चितवन–२ र बारा–२ मा उमेदवार उठाउने निर्णय गरेको हो । राप्रपाले निर्वाचन परिचालनका लागि कमान्डर पनि तोकेको छ ।

    बारा–२ मा उपाध्यक्ष बुद्धिमान तामाङ, चितवन–२ मा वरिष्ठ नेता, उपाध्यक्ष विक्रम पाण्डे र तनहुँ–१ मा कोषाध्यक्ष निलकण्ठ काफ्लेलाई निर्वाचन कमान्डर तोकिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । त्यस्तै, पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख २९ र ३० गते काठमाडौंमा बस्ने गरी तय गरिएको श्रेष्ठले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs