एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

  • कालिका खवर
  • मङ्लबार, चैत्र १४, २०७९
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको हो । उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकले सरकारमा सहभागिताबारे निर्णय गर्नेछ ।

    एकीकृत समाजवादीले तीन मन्त्रालयमा दाबी गर्दै आएको छ ।आज बिहान अध्यक्ष माधवकुमार नेपालसहितका नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सोही दाबी प्रस्तुत गरेका थिए ।

    सरकार विस्तारको छलफलका लागि आज अपराह्न गठबन्धनको बैठक बोलाइएको छ । नेताहरुबीच सहमति भए आजै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs