मिटरब्याजी पीडितको समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल

  • कालिका खवर
  • मङ्लबार, चैत्र १४, २०७९
  • काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले तराईबाट आएका मिटरब्याजी पीडितको समस्या समाधान गर्न पहलकदमी लिएका छन् । गत सोमबार काठमाडौँ आइपुगेका मिटरब्याजीको समस्या समाधान गर्न तत्परता देखाएका हुन् ।

    प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहालले मिटरब्याजी पीडितको समस्या समाधान गर्न सबैभन्दा पहिले सचिवालय मार्फत काम गरेको उल्लेख गरेकी छन् । उनकाअनुसार तराईबाट पैदल हिँडेरै आउन थालेपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर गुनासो सुनेर सम्बोधन गर्न आग्रह गरिएको थियो । तर, प्रमुख जिल्ला अधिकारीबाट समस्या समाधान नभएपछि मिटरब्याजी पीडित ११ दिन पैदल हिँडेर काठमाडौँ झरेका हुन् ।

    सोही क्रममा प्रधानमन्त्री प्रचण्डले मिटरब्याजी पीडितसँग छलफल गर्न गृह सचिवलाई निर्देशन दिएका थिए । लगत्तै उनीहरूको समस्या समाधान गर्न समिति गठन भइसकेको छ । यस्तै प्रधानमन्त्री प्रचण्डले पीडितका समस्या समाधान गर्न कानुन बनाउन तत्परता देखाएका छन् ।

    आज बस्ने मन्त्रिपरिषद् बैठकले मिटरब्याजी पीडित सम्बन्धी विधेयक संसदमा लैजाने विषयमा निर्णय गर्ने प्रधानमन्त्रीका स्वकीय सचिव दाहालले बताइन् । सबै सरोकारवाला पक्षसंग समन्वय गरेपछि प्रधानमन्त्रीले पीडितलाई भेट्ने तयारी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs