सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो

  • कालिका खवर
  • बुधबार, चैत्र १५, २०७९
  • सुनको मूल्य फेरि उकालो लागेको छ। आज सुनको भाउ ५ सय रुपैयाँले बढेको हो। नेपाल सुन चाँदी व्यवसायी हासंघका अनुसार यसदिन सुन ५ सय रुपैयाँले बढेर तोलाको १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

    तेजाबी सुन १ लाख ८ सय रुपैयाँ कायम भएको छ।

    अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन १ हजारले घटेर तोलाको १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। आज चाँदी प्रतितोला १ हजार ३६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

    मंगलबार चाँदी १ हजार ३५५ रुपैयाँमा कारोबार भएको  थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs