मन्त्री छान्न माधव नेपालले बोलाए आकस्मिक बैठक

  • कालिका खवर
  • बुधबार, चैत्र १५, २०७९
  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय आलोकनगरमा बुधबार दिउँसो साढे १ बजे बस्नेगरी अध्यक्ष माधव कुमार नेपालले सचिवालयको बैठक बोलाएका हुन् ।

    यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले आज बेलुकासम्म मन्त्रीको नाम दिन भनेपछि सोहीअनुसार बैठक बोलाइएको बताइएको छ । बैठकले एक जनामात्रै पठाउँदा कसलाई र अर्को चरणमा कसलाई पठाउने भन्नेबारे निर्णय गर्नेछ ।

    स्रोतका अनुसार प्रचण्डले आज बेलुकासम्म जसरी पनि मन्त्री बन्ने एक जनाको नाम दिन भनेका छन् । तर, मन्त्रालय भने दुई वटा दिन सकिने र अर्को पछि मिलाउँदै जाने भनिएको छ । आजै बसेको बैठकपछि कांग्रेस नेता रमेश लेखकले दुई चरणमा मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs