अनलाइनमार्फत ठगी गर्ने ९ चिनियाँसहित १९ जना पक्राउ

  • कालिका खवर
  • बुधबार, चैत्र १५, २०७९
  • काठमाडौँ  अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न ९ चिनियाँ नागरिकसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाइ राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो ।

    राजधानीमा अवैध रुपमा अफिस सञ्चालन गर्दै ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिसँग कुराकानी गरी उनीहरुले  टेलिग्राम मा अपरेशन टिचर नामक च्यानलमार्फत कक्षा सञ्चालन गरेर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

    कार्यालयका अनुसर पक्राउ पर्नेमा ९ चिनियाँ र १० नेपाली रहेका छन् । उनीहरुलाई बूढानीलकण्ड र चण्डोल क्षेत्रबाट पक्राउ गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs