पछिल्लो १५ दिनमा २७ अर्ब ३४ करोड राजस्व संकलन

  • कालिका खवर
  • बिहिबार, चैत्र १६, २०७९
  • काठमाडौं । पछिल्लो १५ दिनमा सरकारले २७ अर्ब ३४ करोड चार लाख रुपैयाँ राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चैतको १ गतेदेखि १५ गतेसम्म उक्त राजस्व संकलन भएको हो ।

    चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ६ खर्ब १७ अर्ब ९७ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । त्यसयता चैत १५ गतेसम्म ६ खर्ब ४५ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।

    जसमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क शिक्षा सेवा शुल्क, आयकरलगायत शीर्षकमा ६ खर्ब नौ अर्ब ७६ करोड रुपैयाँ संकलन भएको छ भने अन्य प्राप्तिबापत ३५ अर्ब ५५ करोड रुपैयाँ संकलन भएको जानकारी दिइएको छ ।

    चालु आर्थिक वर्ष सकिन अब साढे तीन महिना बाँकी रहेको छ । तर, हालसम्म लक्ष्यको साढे ४३ प्रतिशत मात्र राजस्व संकलन भएको छ ।

    चालु आर्थिक वर्षमा १४ खर्ब तीन अर्ब १४ करोड रुपैयाँ राजस्व संकन गर्ने लक्ष्य राखिएको छ ।  जसमा कर राजस्वबापत १२ खर्ब ९५ अर्ब ३७ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ भने गैरकर राजस्वबापत एक अर्ब सात अर्ब ७७ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।

    महालेखाका अनुसार चैत १५ गतेसम्म कर राजस्वतर्फ पाँच खर्ब ५१ अर्ब ६ करोड रुपैयाँ संकलन भएको छ भने गैरकर राजस्वतर्फ ५८ अर्ब ७० अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । प्रतिशतका आधारमा चैत १५ गतेसम्म कर राजस्वतर्फ लक्ष्यको ४२.५४ प्रतिशत र गैरकर राजस्वतर्फ ५४.४७ प्रतिशत असुली भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs