जसपामा मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष यादवलाई

  • कालिका खवर
  • बिहिबार, चैत्र १६, २०७९
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ ।

    आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मन्त्रीको टुंगो लगाउने जिम्मेवारी यादवलाई दिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

    गठबन्धनमा जसपाले दुई मन्त्रालय पाउने समझदारी भए पनि मन्त्रालयको नाम टुंगिएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs