दलहरूले मन्त्रीका लागि नाम दिन सकेनन् ; मन्त्रिपरिषद् विस्तार हुने सम्भावना न्यून

  • कालिका खवर
  • बिहिबार, चैत्र १६, २०७९
  • काठमाडौं । आज मन्त्रिपरिषद् विस्तार हुने सम्भावना न्यून बनेको छ । सत्ता साझेदार दलहरूले मन्त्रीका लागि नाम सिफारिस गर्न नसकेपछि सरकार विस्तारको सम्भावना न्यून बनेको एक नेताले जानकारी दिए ।  प्रधानमन्त्रीले आजै साँझ ७ बजे मन्त्रीहरूको शपथ गराउने योजना बनाएका थिए ।

    “आज मन्त्रिपरिषद् विस्तार हुने सम्भावना भएन । दलहरूले नाम दिन सकेनन् । प्रधानमन्त्रीको ७ बजेसम्म भए पनि शपथ गराउने योजना थियो । तर, दलहरूले नाम दिन सकेनन्,” बालुवाटार बैठकबाट बाहिरिएका ती नेताले भने ।तर, गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी नै छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs