सरसफाईकर्मीको जीवन सम्मानित र सुरक्षित बनाउन स्यानिटेशन ह्याकाथन हुँदै

  • कालिका खवर
  • बिहिबार, चैत्र १६, २०७९
  • काठमाडौं ।  एडीबी,  खानेपानी तथा ढल व्यवस्थापन विभाग, नेपाल सरकार  र नास्टको आयोजनामा Accelerating Sanitation for All in Asia and the Pacific (Nepal Project) को एडीबी सेनिटेसन ह्याकाथन अप्रिल २७-२९, २०२३ मा आयोजना हुदैछ । एडीबी सेनिटेसन ह्याकाथनले नेपालभरका आविष्कारकहरूलाई टेक्नोलोजी, रचनात्मकता र टीमवर्कको माध्यमबाट देशमा सरसफाइ कर्मचारीहरूको सुरक्षा र मर्यादामा सुधार गर्ने उद्देश्यले प्राविधिक समाधानहरू विकास गर्न प्रेरित गर्छ । यो ह्याकाथन फराकिलो एडीबी प्राविधिक सहायता कार्यक्रमको एक सानो हिस्सा हो जसले एसिया र प्रशान्त क्षेत्रका सबैका लागि सरसफाइ क्षेत्रलाई परिष्कृत बनाउन  खोज्दैछ, र नेपाल त्यस्ता सहभागी देशहरूमध्ये एक हो। ह्याकाथनको सम्पूर्ण व्यवस्थापन रोबोटिक्स एसोसिएसन अफ नेपालले गर्दैछ भने एडीबीको अनुदान सहयोग रहेको छ।

    यस ह्याकाथनको लक्ष्य नेपालमा सरसफाई कामदारहरूको स्वास्थ्य, सुरक्षा, कल्याण र कामको अवस्थालाई सुधार गर्न सक्ने नवीन आइडियाहरू वा प्राविधिक समाधानहरू सहितको स्टार्ट-अप कम्पनी पहिचान गर्नु हो। प्रतिस्पर्धात्मक छनोट प्रक्रिया मार्फत, हामी एक स्टार्टअप वा स्टार्टअप जेभि पहिचान गर्नेछ जसले परियोजनाको विज्ञ परामर्शदाता इन्जिनियर,  व्यवस्थापन कार्यालय (PMO), नास्ट  र अन्य सरोकारवालाहरूसँग मिलेर काम गर्नेछ। यस परियोजनाले उक्त प्राविधिक समाधानहरू आविष्कार/विकास/हस्तान्तरण गर्दै हाललाई दुई वटा सहर भरतपुर र नेपालगन्जमा  सुरुवात  गरेर सरसफाइ कार्यलाई सम्मानित र सुरक्षित पेशाको रुपमा रूपान्तरण गर्न मद्धत गर्ने लक्ष्य राखेको छ।

    ह्याकाथनले सम्भावित आविष्कारकहरूको पूर्व-छनोट र छोटो-सूची, अभिमुखीकरण सत्रहरू,  नवीन आइडियाको पिचिङ, स्थानीय डिजाइन प्रदर्शनहरू, र आधुनिक प्रविधि पहिचान सहितको ह्याकाथनजस्ता विभिन्न गतिविधिहरू प्रस्तुत गर्नेछ। यो कार्यक्रम एक महिनाको अवधिमा सञ्चालन हुनेछ, र नेपालभरका आविष्कारकहरूलाई सहभागी हुन प्रोत्साहित गरिन्छ। काठमाडौंको NAST प्राङ्गणमा गरिने उक्त कार्यक्रममा उपस्थित हुनका लागि देशभरबाट उत्कृष्ट १०  चयन  गरिएकाहरूलाई यात्रा र अन्य आधारभूत खर्चको व्यवस्था गरिनेछ।

    ह्याकाथनको निर्णायक मण्डलमा विभिन्न क्षेत्रका प्राविधिक आविष्कारक विज्ञहरू र नवप्रवर्तन व्यवस्थापन क्षेत्रका पेशाकर्मी रहनेछन्। १० उत्कृष्ट स्टार्टअपले आफ्नो मोडेल विकासका  लागि $५०० रकम तथा विजेता समूहले $४०००० अनुदान प्राप्त गर्नेछन् र त्यो अनुदानबाट प्रविधि विकास गरी  नेपालगन्ज र भरतपुर दुईटा सहरमा प्रयोग गरेर देखाउनुपर्नेछ । नेपालभरीका युवा विद्यार्थीहरु, इन्नोभेटरहरु, नवप्रवर्तानत्मक  कम्पनीहरु आएर आफ्नो आईडियाहरुलाई adbhackathon.org मा गएर  पेश गर्न सक्नुहुन्छ।

    हामी सबै सृजनात्मक नेपाली युवा तथा प्राविधिक नवप्रवर्तनमा होमिनु भएका सम्पूर्णलाई   यस सेनिटेसन ह्याकाथनमा स्टार्टअपको रुपमा   सहभागिता जनाई नवीन आइडिया र प्राविधिक समाधान निर्माण गर्न हातेमालो गर्न अवह्वान गर्दछौं ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs