भारतमा मन्दिर भत्किँदा कम्तीमा १३ जनाको मृत्यु

  • कालिका खवर
  • बिहिबार, चैत्र १६, २०७९
  • नयाँ दिल्ली : भारतमा रामनवमी पर्व मनाउन भेला भएका भक्तजन मन्दिरको इनारमा खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको भारतीय प्रहरीले बताएको छ। घटनास्थलबाट एक दर्जनभन्दा बढी व्यक्तिको उद्धार गरिएको पनि प्रहरीले जनाएको छ।

    मध्य सहर इन्दोरमा सिँढीबाट पानीको स्रोतसम्म पुग्नेगरी खनिएको इनारमा उनीहरू फसेका थिए। टेलिभिजन फुटेजमा आपतकालीन कामदारले डोरी र भर्‍याङको प्रयोग गरेर मध्य प्रदेश राज्यमा इनारमा फसेकाहरूलाई पुर्‍याएको देखिएको छ।

    अन्य भिडिओमा भत्किएको भुइँ र भाँचिएको फलामको बार प्रहरीले डोरीको सहायताले सिल गरेको देखिएको छ।

    हिन्दू धर्मावलम्बी भगवान् रामको जन्मोत्सव रामनवमीका अवसरमा आज देशभरका मन्दिरमा भक्तजनको भीड लागेको समय उक्त मन्दिरमा पनि भक्तजनहरूको पूजाका लागि घुइँचो लागेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs