कांग्रेस पार्टी परित्याग गरेलगत्तै रास्वपाबाट स्वर्णिम वाग्ले उम्मेदवार

  • कालिका खवर
  • बिहिबार, चैत्र १६, २०७९
  • काठमाडौँ । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका छन् । नेपाली कांग्रेसबाट उपचुनावमा टिकट नपाएपछि वाग्ले रास्वपाबाट उम्मेदवार भएका हुन् ।

    रास्वपाका नेता अरनिको पाण्डेले वाग्ले तनहुँ १ बाट उम्मेदवार भएको पुष्टि गरे । सामाजिक सञ्जाल ट्वटीरमा लेख्दै पाण्डेले रास्वपाबाट वाग्ले उम्मेदवार भएको उल्लेख गरे । वाग्लेले आजै पार्टी परित्याग गरेलगत्तै रास्वपाले उम्मेदवार बनाएको हो ।
    कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार हुने भएपछि वाग्लेले टिकट नपाएका हुन् । आगामी वैशाख १० गते हुने उपचुनावमा कांग्रेसका भट्टराई, रास्वपाका वाग्ले र एमालेबाट सर्वेन्द्र खनालबीच त्रिपक्षीय भिडन्त हुने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs