टोखा नगरपालिकामा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • कालिका खवर
  • शुक्रबार, चैत्र १७, २०७९
  • काठमाडौँ । “सफा राखौँ घर आगन, स्वच्छ बन्छ टोखा”भन्ने मूल नाराका साथ टोखा नगरपालिकाको  वडा नम्बर  २ मा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । टोखा नगरपालिका २ वडा कार्यालयको आयोजना तथा मनमोहन मेरोरियल इन्ष्टिच्युट अफ हेल्थ साईन्स सोल्टीमोड, काठमाडौँमा वि.एन.एस. दोस्रो वर्षमा अध्यनरत विद्यार्थीहरुको सह-आयोजनामा मंगलबार विहान सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

     

    वडामा क्रियाशील विभिन्न सामाजिक संघसंस्था, महिला समूह, स्काउट, महिला स्वयम् सेविका, वडा कार्यालयका परिवार तथा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी, मनमोहन मेरोरियल इन्ष्टिच्युट अफ हेल्थ साईन्स सोल्टीमोड, काठमाडौँमा वि.एन.एस. दोस्रो वर्षमा अध्यनरत विद्यार्थी लगातको सहभागितामा वडा कार्यालय परिसरबाट “हाम्रो टोखा राम्रो, टोखा सफा गर्ने यही हो मौका”, “फोहोर फाल्नु अघि एक पटक सोचौँ “, “सक्छौँ सफा गरौँ नसके फोहोर नगरौँ”, “वडा नम्बर २ टोखामा भेट भयो फोहोरमैला व्यवस्थापन गर्ने लेट भयो” जस्ता सचेतनात्मक नाराका प्लेकार्ड सहित सरसफाई गर्दै नगर परिक्रमा गरिएको आयोजक तथा टोखा-२ वडाका अध्यक्ष धर्मेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

     

    “स्वस्थ जीवनका लागि आफ्नो घर आगन तथा आफु बस्ने वातावरण स्वच्छ, सफा हुन आवश्यक छ । वडा कार्यालयले वडाबासीको  स्वास्थ्य तथा सफा सुघर वडा निर्माण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको  वडाध्यक्ष श्रेष्ठले बताउनु भयो ।

    कार्यक्रममा सहभागिहरुलाई धन्यवाद् दिदै उनले आफ्नो घर आँगन, पसल अगाडि सफा  गरी  फोहोर व्यवस्थापनका लागि निश्चित स्थानमा राखिएको डस्वीनमा मात्र फोहोर फाल्न सम्पुर्ण वडाबासीमा अनुरोध समेत गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs