भीम रावलले अनुशासन उल्लंघन गरेर एकपछी अर्को गल्ती गर्नुभयो : विष्णु पौडेल

  • कालिका खवर
  • शुक्रबार, चैत्र १७, २०७९
  • काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले एकपछि अर्को गल्ती गर्दै गएको आरोप लगाएका छन् । प्रेस चौतारी नेपालले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले यस्तो बताएका हुन् ।

    उनले भनेका छन्, “भीम रावलले अनुशासन उल्लंघन गर्नुभएको छ । उहाँले पार्टी सदस्यको कर्तव्य निर्वाह गर्नुभएको छैन । उहाँले पार्टीका निर्णयको खिलाफमा उभिनुभएको छ । पार्टीलाई कमजोर पार्ने काम गर्नुभएको छ । एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ । कहिले पत्रकार सम्मेलन, कहिले क्रिया प्रतिक्रियामा उत्रिनुहुन्छ ।”

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs