महिन्द्रा राय यादव महिला,बालबालिका तथा जेष्ठ नागरिकका मन्त्री बने

  • कालिका खवर
  • शुक्रबार, चैत्र १७, २०७९
  • काठमाडौँ । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता महिन्द्रा राय यादव महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री हुने भएका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार गरेको मन्त्रिमण्डल विस्तारमा राय यादवले महिला मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

    त्यस्तै सामान्य प्रशासन मन्त्रीमा माओवादी केन्द्रकै अमनलाल मोदीले निरन्तरता पाउने भएका छन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाएको नामावलीमा मोदीको नाम सामान्य प्रशासनमै रहेको छ । यसअघि मोदीको मन्त्रालय परिवर्तन हुने चर्चा थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs