भारतमा इनारमा खसेर ३५ जनाको मृत्यु

  • कालिका खवर
  • शुक्रबार, चैत्र १७, २०७९
  • काठमाडौं । भारतको मध्य प्रदेशको एक मन्दिरमा पूजा गर्ने क्रममा इनारमा खसेर कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

    इन्दोर सहरमा भएको दुर्घटनामा अन्य १४ जनाको उद्धार गरिएको र एकजना अझै बेपत्ता रहेको बताइएको छ ।

    इनारमाथि बनाइएको कंक्रिटमा धेरे जना उभिएपछि बढी तौलका कारण उक्त कंक्रिट खसेर मानिसहरू इनारमा परेको प्रहरीले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाबाट अत्यन्तै दुखित भएको बताएका छन् ।

    बिहीबार रामनवमीको अवसरमा बेलेश्वर महादेव झुलेलाल मन्दिरमा आयोजना गरिएको प्रार्थनाका क्रममा यो दुर्घटना भएको हो ।

    उक्त इनार करिब १२ मिटर गहिरो भएको बताइएको छ । करिब चार दशकअघि नै उक्त इनार ढाकिएपछि त्यहाँ मन्दिर निर्माण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतकका आफन्तलाई पाँच लाख र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs