सरकार मूलभूत रूपमा पूर्ण भयो; अब देशले विकास निर्माणमा गति लिन्छ : प्रधानमन्त्री दाहाल

  • कालिका खवर
  • शुक्रबार, चैत्र १७, २०७९
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मूलभूत रूपमा सरकार पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने बताएका छन् ।

    शुक्रबार रिपोर्टस क्लब नेपालको २५औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले देश अहिले आर्थिक रुपमा अफ्ठ्यारो स्थितिबाट गुज्रेको भएपनि श्रीलंका बन्ने स्थितिमा नरहेको दाबी गरे ।

    “अहिले नयाँ–नयाँ राजनीतिक समीकरण बनिरहेको छ । आजमात्रै सरकारलाई पूर्णता दिने क्रममा मूलभूत रुपमा सरकार पूर्ण भएको छ, अब यसले गति लिन्छ,” उनले भने।

    आफूले तेस्रो कार्यकालका रुपमा प्रधानमन्त्री भएर लगभग १०० दिन पूरा गरेको अनुभवका आधारमा हरेक क्षेत्रमा सुधार गर्न सकिने अनुभव पाएको उनले बताए ।

    उनले तीन महिनामा रेमिट्यान्स, राजस्व संकलनमा गुणात्मक सुधार भएको दाबी गरे । उहाँले पछिल्लो तीन महिनामा विदेशी मुद्रा सञ्चितिमा देश धेरै राम्रो स्थितिमा आइसकेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs