कर्णालीमा मुख्यमन्त्री शर्माले दोस्रोपटक पाए विश्वासको मत

  • कालिका खवर
  • शुक्रबार, चैत्र १७, २०७९
  • सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रोपटक प्रदेशसभामा विश्वासको मत पाएका छन्। शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको मतबिभाजनका क्रममा मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको थियो भने बिपक्षमा १ मत परेको थियो।

    शर्मालाई राप्रपा बाहेकका सबै दलका सांसदले विश्वासको मत दिएका थिए। शर्माको पक्षमा ३८ मत परेपछि कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले विश्वासको मत प्राप्त भएको घोषणा गरे।

    प्रदेश सभामा राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिएका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs