उपनिर्वाचन : रास्वपाबाट चितवनमा रवि बारामा रमेश खरेल र तनहुँमा स्वर्णिम वाग्ले उम्मेदवार पक्का

  • कालिका खवर
  • शुक्रबार, चैत्र १७, २०७९
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते तीनवटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि उमेदवारको टुंगो लगाएको छ ।

    शुक्रबार रास्वपाले चितवन–२ मा पार्टी सभापति रवि लामिछाने, बारा–२ मा पूर्व डीआईजी रमेश खरेल र तनहुँ–१ मा अर्थशास्त्री स्वर्णिम वाग्लेलाई उमेदवार बनाउने निर्णय गरेको हो ।

    पार्टी प्रवक्ता मुकुल ढकालले दिएको जानकारी अनुसार शुक्रबार उमेदवार छनोटका लागि भएको आन्तरिक प्रतिस्पर्धामा अन्य उमेदवारले खरेल र वाग्लेलाई छनोट गरेका हुन् । चितवन–२ का लागि भने लामिछानेको एकल नाम थियो ।

    “उमेदवारहरूको छलफलपछि अन्य उमेदवारहरूले वाग्ले र खरेललाई समर्थन गर्नुभएको छ,” उनले भने, “बारामा रमेश खरेल र तनहुँमा स्वर्णिम वाग्लेको उमेदवारी निश्चित भएको छ ।”

    खरेलले गएको मंसिर ४ मा भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लडेका थिए । उनी नेपाल सुशासन पार्टी दर्ता गराएर चुनावी मैदानमा होमिएका थिए । तर, सफल हुन सकेनन् ।  अर्थशास्त्री वाग्लेले बिहीबारमात्र नेपाली कांग्रेसबाट राजीनामा दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs