टाटासुमो दुर्घटनामा दुई जनाको मृत्यु, १० घाइते

  • कालिका खवर
  • शुक्रबार, चैत्र १७, २०७९
  • नुवाकोट : नुवाकोटको दुप्चेश्वर गाउँपालिका-४ सानोगोल्फुमा आज टाटा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। १० जना घाइते भएका छन्।

    मृत्यु हुनेमा दुप्चेश्वर-४ की १६ वर्षीया मनमाया तामाङ र सोही स्थानका २४ वर्षीय छिरिङ तामाङ रहेका छन्।

    ११ जना यात्रु बोकेर काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ३९८४ नम्बरको टाटा सुमो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

    घाइतेको उद्धार गरी खरानीटार अस्पताल तथा काठमाडौंतर्फ लगिएको नुवाकोट प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।

    उनका अनुसार दुर्घटनामा टाटा सुमोका चालक दुप्चेश्वर ४ कै ३० वर्षीय लाक्पा तामाङ गम्भीर घाइते भएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs