
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरू कमिसनको खेलमा मात्रै लागेको पाइएको बताएका छन् ।
शनिबार बिहान पशुपतिनाथ क्षेत्रको सरसफाईमा सहभागी भएलगत्तै नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।
पशुपति क्षेत्र परिसरमा सफाई गर्ने क्रममा आफूलाई त्यहाँ रहेका मानिसहरूले पशुपति क्षेत्र विकास कोष जताबाट कमिसन आउँछ, त्यतै लाग्ने गरेको बताएको उनको भनाइ थियो । मन्त्री किरातीले पशुपतिनाथ क्षेत्रको फोहोर देखेर आफू साह्रै लज्जित भएर फर्केको बताए ।
मन्त्री किरातीले पर्यटनको पहिलो आधार सरसफाई भएकाले आफू पनि पशुपतिनाथ क्षेत्रको सफाइमा गएको बताए । उनले मर्निङ वाकमा आउनेहरूले समेत फोहोर फ्याँकेर जाने गरेकालेसबै सुध्रनुपर्ने अवस्था रहेको बताए । मन्त्री किरातीले पशुपतिनाथ क्षेत्रमा पैसा लिएर पनि त्यहाँ फोहोर नउठाउने गरेको आफूले पाएको बताए ।