
त्यस्तै दोलखाको धार्मिक तथा पर्यटकीय स्थलको रुपमा चिनिने कालिन्चोकमा पनि हिमपात भएको छ। यसअघि माघ फागुनमा हिमपात हुने कालिञ्चोक र शैलुङमा यो वर्ष मध्य चैतमा पनि हिमपात भएको हो । अहिले दोलखाका अन्य उच्च हिमाली क्षेत्रमा पनि हिमपात भैइरहेको छ । सदरमुकाम चरिकोट आसपासका क्षेत्रमा भने च्ट्याङसहित वर्षा भइरहेको छ ।