अर्घाखाँचीमा जिपलाइन सहित रिसाेर्ट सञ्चालन

  • कालिका खवर
  • आइतवार, चैत्र १९, २०७९
  • अर्घाखाँची । अर्घाखाँचीमा लुम्बिनी प्रदेशमै पहिलो पटक पर्यटकहरुलाई लाइ लक्षित गर जिपलाइनस्काई साईक्लिङ्गस सुरु गरिएकाे छ ।  सितगंगा नगरपालिका १२ कुडुलेमा सञ्चालनमा आउन लागेकाे गुराँस जंगल रिर्सोटले याे सेवाकाे सुरुवात गर्न लागेकाे हाे ।

    गुरासं जंगल रिर्सोट एण्ड एग्रोफार्म प्रालिका संचालक नारायण भुसालले भारतबाट प्राबिधिक ल्याएर जिपलाइनकाे कम सम्पन्न गरेकाे बताउनु भयाे । प्रसिद्ध सुपा देउराली आउने दर्शक र तराइ बाट नजिक रहेकाेले यहाँ रिसाेर्ट सहित आफनै फार्ममा उत्पादीत लाेकल कुखुरा ,कालिज ,खशी बाेका लगायत स्थानिय बिभिन्न उत्पादनरुकाे परिकारको सहित आवासिय सुबिधा सहितको सेवा प्रालि संचालनमा ल्याएको छ ।

    रिसाेर्टमा कालिज,लोकलकुखुरा,लोकलबोका,र माछाका परिकार विभिन्न स्वादमा पस्कीनुका साथै मनोरन्जनात्मक सेवाहरुप्रदानगर्ने हेतुले गुरासं जंगल रिर्सोट एण्ड एग्रोफार्म  संचालनमा ल्याएको सञ्चालक भुसालले बताउनु भयाे

    करिव ८ करोड लगानीमा  सञ्चालनमा आएकाे रिसाेर्टले अर्घाखाँचीमा आउने प्रयटककाे आकर्षण बढाइरहेकाे समयमै प्रयटकिय जिपलाइन सहितकाे सेवाले अर्घाखाँचीमा आन्तरिक प्रयटककाे आकर्षण बढाउने अपेक्षा सञ्चालककाे छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs