
काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रसाद–२’का निर्माता सुवास थापाले चैत २४ गतेका लागि रिलिज डेट लिएको चलचित्र सहज रूपमा प्रदर्शनमा सहयोग गरिदिन आग्रह गरेका छन् ।
सामाजिक संजाल फेसबुकमार्फत उनले समयमै चलचित्र रिलिज हुन नसक्दा तोकिएको समयमा पैसा दिन नसकेको भन्दै सिनेमा रिलिजका लागि सहयोग गरिदिन आग्रह गरेका छन् । उनले सिनेमा रिलिज भएपछि पैसा तिर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
चलचित्र रिलिजपछि हलबाट आउने रकम चलचित्रसँग सम्बन्धित कुनै संस्थामा राखेर त्यहीँबाट तिर्नुपर्नेलाई दिएपछि बाँकी रहेको रकम मात्र आफू लिन तयार रहेको उनले बताएका छन् ।
सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा विपीन कार्की, केकी अधिकारी, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् ।