
काठमाडौं । गायक प्रकाश सपूतको नयाँ गीत सकम्बरी डिशहोम गो एपमार्फत सार्वजनिक भएको छ ।
गायक सपूतले डिशहोम गो एपमा मात्रै उपलब्ध हुने गरी यो गीत एक्सक्लुसिभ रुपमा सार्वजनिक गरेका हुन् । प्ले स्टोर र एप स्टोरबाट डिशहोम गो एप डाउनलोड गरेर यो गीत हेर्न र सुन्न सकिन्छ ।
यस एपमा लाइभ टीभीलगायत नेपाली सिनेमा, सिरिज, सर्टमुभिज तथा अन्य थुप्रै लोकप्रिय विदेशी कन्टेन्टहरु पनि हेर्न सकिने डिशहोमले जनाएको छ ।