जारी रिलिजको दोस्रो दिन तीन करोडको व्यापार

  • कालिका खवर
  • आइतवार, बैशाख ३, २०८०
  • वैशाख १ गते अर्थात नयाँ वर्षबाट रिलिजमा आएको फिल्म ‘जारी’ले बक्स अफिसमा आक्रामक सुरुवात गरे संगै देश विदेशबाट चलचित्रको माग बढेको छ । बुकिङ खुलेसँगै दर्शकको उत्साह जारी  फिल्ममाथि बढ्दो पाइएको छ ।  फिल्मलाई देशैभरका मल्टिप्लेक्सले हालसम्म उच्च शोज उपलब्ध गराएका छन्  ।

    फिल्मले शुक्रवार बिहानैबाट देशभरका सबैजसो हलमा शतप्रतिशतको अकुपेन्सीमा डेढ करोडको कारोबार गरेको छ । शनिवार पनि फिल्मले सबैजसो शोजमा आक्रामक व्यापार गरेको छ । जसका कारण, फिल्मले रिलिजको दोस्रो दिन तीन करोडको हाराहारीमा व्यापार पुर्‍याएको छ । यसरी दुई दिनको व्यापार हेर्दा फिल्म ‘जारी’ले साढे चार करोड रुपैयाँ कमाउन सफल भएको छ ।फिल्म दृश्यभाषामा सशक्त भएको र बलियो स्टारकास्टका कारण नेपालमा मात्र होइन, विदेशमा समेत फिल्मको पखाई अधैर्य बनेको छ ।

    यसबीच, नेपाली फिल्मले राम्रो पकड बनाएको मध्यपूर्वका देशमा पनि ‘जारी’ प्रदर्शन हुने निश्चित भएको छ । निप फिल्मका रमेश ढकालले पहिला जस्तै मध्यपूर्वका देश युएई कतार ओमान बराइन कुबेदमा फिल्मलाई प्रदर्शन गर्ने चाँजोपाँजो मिलाएका हुन् । यही अप्रिल २७ तारिख देखि फिल्म प्रदर्शन हुने ढकालले जानकारी दिए ।

    वितरक ढकालले मध्यपूर्वमा मंगोलियन समुदायको रोजगारीका लागी राम्रो उपस्तिथ भएकाले ‘जारी’लाई लिएर दर्शकमा निकै उत्सुकता रहेकाले राम्रो व्यापार हुने विश्वास व्यक्त गरे ।

    फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रेम सुब्बा, रेखा लिम्बु आदिको अभिनय छ । सैलेन्द्र डि कार्कीको छायांकन रहेको फिल्ममा निमेश श्रेष्ठको सम्पादन छ । ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ निर्माता रहेको फिल्मलाई निर्देशक उपेन्द्र सुब्बा स्वयंले लेखेका हुन् । जारी प्रथामाथि आधारित भएर फिल्म निर्माण भएको हो । ‘जारी’फिल्म मध्यपुर्बमा पाच दर्जन भन्दा धेरै पर्दामा प्रर्दशन हुने वितरकले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs