धरानको बिजयपुर हस्पिटलमा क्यान्सर र न्युरो सर्जरीको उपचार सुरू

  • कालिका खवर
  • मङ्लबार, बैशाख ५, २०८०
  • धरान : निजी क्षेत्रबाट सञ्‍चालित धरानको बिजयपुर हस्पिटलले क्यान्सर र न्युरो सर्जरीको उपचार सेवा सुरू गरेको छ । सुनसरीको  विजयपुर हस्पिटलले क्यान्सर र न्यूरो सर्जरी उपचार सुरू गरेको हस्पिटलका अध्यक्ष पंकज खतिवडाले बताए ।

    न्युरो सर्जरी, हाडजोर्नी,शल्यक्रिया, प्रसूति तथा स्त्री, बाल रोक, नाक, कान घाँटी, छाला, जनरल मेडिसिन, दाँत, आँखाको उपचार गर्दै आएको बिजय हस्पिटलले बिरामीको सेवालाई मध्यनजर गर्दै क्यानसर र न्युरो सर्जरी सेवा सुचार गरेको अध्यक्ष खतिवडाले बताए ।

    क्यान्सरको उपचार डा.राजिवकुमार देव तथा न्युरोको डा. रोशन खतिवडाले उपचार गर्ने हस्पिटलका प्रमुख अस्पताल प्रशासक इन्दुनेपाल योन्जनले बताए । उनले न्युरो र क्यान्सरको उपचार सुरु गरेसँगै हस्पिटलमा अत्याधुनिक प्रयोगशालाबाट ल्याब परीक्षण र रेडियोलोजी सेवाबाट सिटी स्क्यान, स्डोस्कोपी, प्याथोलोजी र डिजिडल एक्सरे र एको सेवालाई समेत विस्तार गरेको बताए ।

    हस्पिटलले लाई छिटो निको बनाउने उद्देश्यले फिजियो थेरामी र प्लाष्टिक सर्जरी सेवाको विस्थार गरी सञ्‍चालन गरिएको अध्यक्ष खतिवडाले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs