राष्ट्रपति पौडेललाई उपचारका लागि दिल्ली लगिदै

  • कालिका खवर
  • बुधबार, बैशाख ६, २०८०
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि नयाँ दिल्लीमा लगिने भएको छ ।  अहिले बिहान साढे ९ बजे श्री एयरको एयर एम्बुलेन्समार्फत् उनलाई दिल्ली लैजान लागिएको हो ।

    राष्ट्रपति पौडेलको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) लैजान लागिएको हो । राष्ट्रपति पौडेलको छाती समस्या भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

    “उहाँले यसअघि पनि सोही अस्पतालमा चेक गराइरहनुभएको हुँदा र अहिले सोही समस्या लगातार देखिएपछि भारत र नेपालका चिकित्सकको सल्लाहमा भारत लैजाने कुरा भएको हो,” प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs