बहराइनलाई हराउँदै यूएई एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा

  • कालिका खवर
  • बुधबार, बैशाख १३, २०८०
  • काठमाण्डाै – यूएई एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा पुगेकाे छ । आज बुधवार मुलपानी क्रिकेट मैदानमा भएकाे खेलमा बहराइनलाई ८ विकेटले हराउँदै यूएई सेमिफाइनलमा पुगेकाे हाे ।

    बहराइनले दिएकाे १ सय १७ रनकाे सामान्य लक्ष्य यूएईले २७ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर भेटायाे । यूएईका वृत्य अरविन्दले नटआउट ६२ र राेहन मुस्तफाले नटआउट ५० रन बनाए । बहराइनका अब्दुल मजिदले २ विकेट लिए ।

    यसअघि टस जितेर ब्याटिङ गरेकाे बहराइन ४० ओभर ५ बलमा १ सय १६ रन बनाउँदा अलआउट भयाे । बहराइनका कप्तान हैदर बट र अली दउदले समान २३ रन बनाए । यूएईका आयन अफजल खानले ४ विकेट लिँदा राेहन मुस्तफा र कार्तिक मय्यप्पनले २/२ विकेट लिए ।

    यूएई समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने पहिलाे टाेली बनेकाे छ । अब भाेलि बिहीवार हङकङ र कुवेतबीच हुने खेलकाे विजेता सेमिफाइनलमा पुग्ने अर्काे टाेली बन्नेछ । यस्तै समूह ‘ए’ बाट नेपाल १ खेलअघि नै सेमिफाइनल पुगिसकेकाे छ । यस्तै अहिले समूह ‘ए’ कै ओमान र साउदी अरेबियाबीच कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा खेल भइरहेकाे छ । यस खेलकाे विजेता समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने अर्काे टाेली बन्नेछ ।

    एसीसी प्रिमियर कपको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs