एसीसी प्रिमियर : फाइनल पुग्न यूएईले ओमानलाई दियो २ सय ३७ रनको लक्ष्य

  • कालिका खवर
  • शनिबार, बैशाख १६, २०८०
  • काठमाण्डाै – एसीसी प्रिमियर कप क्रिकेटको फाइनल पुग्न ओमानले २ सय ३७ रनको लक्ष्य पाएको छ । मूलपानी मैदानमा टस हारेर ब्याटिङ्ग गरेको युएई ४९ ओभर २ बलमा २ सय ३६ रनमा अलआउट भयो । युएईका कप्तान मोहम्मद वासिमले सर्वाधिक ४८ रन बनाए । ओमानका बिलाल खान र जीसन मक्सुदले चार/चार विकेट लिए ।

    आयान खानले २ विकेट लिए । ओमानले केहिबेरमा जवाफी ब्याटिङ्ग गर्नेछ । एसीसी प्रिमियर कप त्रिकेटमा एकदिवसीय मान्यता पाएका दुई देश ओमान र यूएईबीच सेमिफाइनल खेल भएसँगै मुलपानीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको छ । मुलपानी मैदान एकदिवसीय मान्यता पाउने नेपालको दोस्रो मैदान बनेको छ । नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको मैदान कीर्तिपुर हो । कीर्तिपुर मैदानमा नेपाल र कुवेतबिचको खेल भने पानी परेर रोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs