नेपाल र कुवेतबीचको खेल ८/८ ओभर घटाएर फेरि सुरु

  • कालिका खवर
  • शनिबार, बैशाख १६, २०८०
  • काठमाण्डाै – एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पुन सुरु भएको छ । पानी परेर केहिबेर रोकिएको खेल फेरि सुरु भएको हो । अब दुवै टोलीले ४२/४२ ओभरको खेल खेल्नेछन् ।

    कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २३ दशमलव २ ओभरमा ३ विकेट गुमाएर १ सय ४१ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो । नेपालका कुशल भुर्तेल ४३ रन बनाएर आउट भए ।

    आसिफ शेख ३१ तथा भीम शार्कीले १ रन जोडे । अहिले रोहित पौडेल र कुशल मल्ल अविजित छन् । पौडेल ३० रन तथा मल्ल ३२ रन बनाएर खेलिरहेको अवस्थामा पानी परेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs