उपचाररत पौडेल डिस्चार्ज भएर आज स्वदेश फर्कदै

  • कालिका खवर
  • आइतवार, बैशाख १७, २०८०
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको ‘डिस्चार्ज’को तयारी गरिएको छ । भारतको अल इन्डिया इन्टिच्युट अफ मेडिकल साइन्समा उपचाररत पौडेलेको आज डिस्चार्जको तयारी गरिएको हो ।

    राष्ट्रपति पौडेल आजै बेलुका स्वदेश फर्कने तयारी रहेको राष्ट्रिपतिको सचिवालयले जनाएको छ । “साँझ ८ बजेको उडान रहेको हामीलाई जानकारी भएको छ,” राष्ट्रपतिको सचिवालयका एक सदस्यले  भने ।

    राष्ट्रपति पौडेललाई उपचारका लागि यही वैशाख ६ गते नयाँ दिल्ली लगिएको थियो । त्यसअघि, अस्वस्थ भएपछि उनी काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

    राष्ट्रपति पौडेलका साथमा उनका निजी चिकित्सक डा. निजम बम, स्वकीय सचिव चिरञ्जीवी अधिकारी र छोरा चिन्तन पौडेल पनि छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs