उपेन्द्र यादवले लिए शपथग्रहण

  • कालिका खवर
  • मङ्लबार, बैशाख १९, २०८०
  • काठमाडौं । नवनिर्वाचित सांसद् उपेन्द्र यादवले सांसद् पदको शपथग्रहण गरेका छन् ।

    जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षसमेत रहेका नवनिर्वाचित सांसद् यादवले सभामुख देवराज घिमिरेबाट सांसद पदको शपथ लिएका हुन् ।

    मंगलबार सिंहदरबारमा आयोजित औपचारिक कार्यक्रमबीच उनले शपथग्रहण गरेको सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ ।

    यादव बैशाख १० मा भएको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन् । यादवले जनमत पार्टीका उमेदवार शिवचन्द्र प्रसाद कुशवाहलाई पाँच हजार बढी मतले पराजित गर्दै विजयी भएका हुन् । यादवले २८ हजार ४१५ मत प्राप्त गर्दा कुशवाहले २३ हजार ३३४ मत प्राप्त गरेका थिए ।

    गएको मंसिर ४ मा भएको निर्वाचनमा यहाँबाट जसपाकै रामसहाय प्रसाद यादव विजयी भएका थिए । उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि यहाँ उपनिर्वाचन गर्नुपरेको हो ।

    यता, मंसिरमा भएको निर्वाचनमा भने यादव जनमत पार्टी अध्यक्ष सीके राउतसँग पराजित हुनुपरेको थियो । राउतले ३५ हजार ४२ मत पाउँदा यादवले १६ हजार ९७९ मतमात्र पाएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs