ढुंगामुढा गर्नेमाथि ओलीको व्यङ्ग्य–भलाद्मी काम गर्नुभयो

  • कालिका खवर
  • मङ्लबार, बैशाख १९, २०८०
  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ढुंगामुढा गर्नेमाथि व्यङ्ग्य गरेर भलाद्मी काम गरेको टिप्पणी गरेका छन् । मङ्गलवार काठमाडौँमा आयोजित ग्रासरुट समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कथित बुद्धिजीवी समेत हिंसालाई बढाउन लागिपरेको आरोप लगाउँदै आफू आश्चर्यमा परेको बताए ।

    ‘ग्रास रुटको अवस्था के कस्तो भयो भनेर बुझ्नु थियो, केही जिल्लामा हेर्ने भनेर निस्किएको थिएँ ।oliokp

    केही भलाद्मी मान्छे भन्नु पर्ला, ढुङ्गा हान्नेलाई भलाद्मी भन्ने त होला नि ? भलाद्मीहरूले गुण्डागर्दी गर्नुभयो भन्न पनि मिलेन । मलाई ढुङ्गा हानेर भलाद्मी काम गर्नुभयो’ ओलीले कटाक्ष गरे, ‘ढुङ्गा हानेको विषयमा विभिन्न समर्थनहरू निस्कन थाल्यो ।’

    उनले बुद्धिजीवीहरूले हिंसा र ढुंगामुढा गर्नु गलत थियो सम्म भन्न समेत नसकेको बताए । उनले भने, ‘बुद्धिजीवीले युट्युबमा भँडास पोखेका छन् । उनलाई उहिल्यैदेखि मन परेको थिएन । हाम्रो राष्ट्रियताको पक्षमा लडाई, सुशासन, विकास र शान्तिप्रति प्रतिबद्धता मन परेको थिएन ।’ आफूलाई बुद्धिजीवी भन्न रुचाउनेले ढुंगामुढा र हिंसाको राजनीति ठिक भएन भन्न नसक्नु आश्चर्यजनक भएको ओलीले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs