दूषित मनसायले मेरो चरित्र हत्या गरियो : आरजु राणा देउवा

  • कालिका खवर
  • मङ्लबार, बैशाख १९, २०८०
  • काठमाडौं : नेपाली कांग्रेसकी नेतृ एवं सांसद आरजु राणा देउवाले दूषित मनसायले आफ्नो चरित्र हत्या गरेको भन्दै ध्यानाकर्षण जनाएकी छन्। विज्ञप्ति निकाल्नै उनले निराधार र कपोल्पित आरोप लगाउँदै आफ्नाबारे दुस्प्रचार गरेको उल्लेख गरेकी छन्।

    ‘पछिल्ला केही दिनयता मेरो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दूषित मनसाय लिएर केही व्यक्तिहरुले मलाई लक्षित गरेर निराधार र कपोकल्पीत आरोप लगाउदै दुस्प्रचार गरिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। हरेक व्यक्तिलाई आफ्नो बिचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार छ, तर कसैलाई पनि कोही विरुद्ध आधारहीन गाली गलौज र लान्छाना लगाउने अधिकार छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘नियोजितरूपमा मेरो चरित्रहत्या गर्ने उद्देश्यका साथ केही व्यक्तिले संचार माध्याममा अन्तर्वार्ता दिदै म विरुद्ध गाली बेइज्जतीमा उत्रनु खेदजनक छ। तथ्यमा रहेर कसैको हस्तक्षेप बिना विचार राख्ने र मिडिया मार्फत सूचना र विचारहरू दिन सकिन्छ तर नियोजितरूपमा म बिरुद्ध व्यक्तित मानर्मदन गर्ने र हुदै नभएका आधारहिन बिभिन्न बिबादहरुमा जोड्ने गरिएकोप्रति सचेत भई त्यस्ता व्यक्तिहरुको व्यक्तिगत रिस, कुण्ठा र आबेगमा सम्पूर्ण सञ्चार माध्यम र संचारकर्मीहरुले बुझिदिनुहुन हार्दिक अनुरोध गर्दछु।’

    उनले हरेकजसो अन्तवार्तामा केही व्यक्तिहरू नियोजितरूपमै आफूविरुद्ध व्यक्तिगत गालीगलैज गर्ने, आरोप लगाउने, चरित्रहत्या गर्ने कार्य गरिरहेकाले त्यस्ता आधारहीन, निराधार, तथ्यहीन र चरित्रहत्या गर्ने दूषित उद्देश्यबमोजिम आएका आरोपलाई स्थान नदिन पनि आग्रह गरेकी छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs