सुनको मूल्य एकैदिन प्रतितोला एक हजार ८०० रुपैयाँले बढ्यो

  • कालिका खवर
  • बुधबार, बैशाख २०, २०८०
  • काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँ बढेको छ ।

    मंगलबार प्रतितोला एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs