गठबन्धन दलभित्रै भए पनि आफूहरुलाई बाइपास गर्ने काम भयो : अध्यक्ष नेपाल

  • कालिका खवर
  • बुधबार, बैशाख २०, २०८०
  • काठमाण्डाै – सत्तारुढ गठबन्धन दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दलभित्रै भए पनि आफ्नो पार्टीलाई बाइपास गर्ने काम भइरहेको गुनासो गर्नुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा आज भएको पत्रकार सम्मेलनमा उहाँले आफूहरूले गरेको योगदानलाई नबिर्सिन चेतावनी दिनुभएको छ ।

    गठबन्धनलाई टिकाउने र निरन्तरता दिने कुरा भइरहँदा आफ्नो पार्टीलाई उपेक्षा गर्ने काम भैरहेको उहाँको गुनासो छ । अध्यक्ष नेपालले खासगरी कर्णालीमा आफ्नो पार्टीलाई पूरै बेवास्ता गरिएको भन्दै माओवादीको व्यवहारप्रति आपत्ति जनाउनुभयो ।

    उहाँले भन्नुभयो,‘कर्णालीमा हाम्रो पार्टीलाई पूरै बेवास्ता गरिएको छ । सरकारमा एकलौटी गर्न खोजिएको छ । यो राम्रो होइन । गठबन्धन टिकाउने कुरा भइरहेको छ, तर हामीलाई बाइपास गरेर पीडा दिइएको छ । यसले गठबन्धन धरापमा पार्न सक्छ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs