मकवानपुरको कटुन्जेबाट ५ सय ११ किलो गाँजासहित दुई जना पक्राउ

  • कालिका खवर
  • बुधबार, बैशाख २०, २०८०
  • काठमाण्डाै – मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर–४ कटुन्जेबाट ५ सय ११ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।

    कटुन्जेका ४२ वर्षीय राधाकृष्ण रिजाल र ३८ वर्षीय उत्तम रिजाललाई आज बिहान गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले उत्तम रिजालको घरबाट ६ बोरा र राधाकृष्ण रिजालको घरबाट १२ बोरा गाँजा फेला पारेको छ ।

    उत्तम रिजालको घरबाट १ सय ८४ किलो एक सय ग्राम र नगद ५५ हजार ३ सय ६५ रुपैयाँ तथा राधाकृष्ण रिजालको घरबाट ३ सय २७ किलो आठ सय ग्राम गरी ५ सय ११ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs