
काठमाडौं । सत्तारुढ गठबन्धन दलका नेताहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।
बैठकमा सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नागरिक उन्मुक्ति लगायत दलका नेता सहभागी छन् ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा) सरकारमा सहभागी हुन चाहे दिनेलगायत मन्त्रालयका भागबण्डाको विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई सरकारमा आउन आग्रह गरिसकेका छन् ।