पुराना दल सच्चिनुपर्छ र नयाँ दल पनि घमण्डले फुरङ्ङ हुने होइन : माधव कुमार नेपाल

  • कालिका खवर
  • बिहिबार, बैशाख २१, २०८०
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पुराना दल सच्चिनुपर्ने बताएका छन् ।

    बिहीबार कैलालीमा आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ दलले पनि घमण्ड देखाउन नहुनेमा जोड दिए । उपनिर्वाचनको परिणामपछि पुराना दल सच्चिने कि सक्किने भन्ने बहस भइरहेको छ ।

    “पुराना दल सक्किन हुँदैन । सच्चिनुपर्दछ । नयाँ दलले पनि घमण्डले फुरङ्ङ हुने होइन,” उनले भने, “आफ्नो समष्टिगत दृष्टिकोण विकास गर्नुपर्छ । र, कसरी देश निर्माण गर्ने, विकृतिको जालोमा आफू नफस्ने ।” पनि बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs