
दुबई । सुदर्शन थापा निर्देशित फिल्म ‘प्रसाद २’ गत शुक्रबारदेखि नेपाली हलहरूमा प्रदर्शन भइरहेको छ।
फिल्मलाई कलकारहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। यसैबीच यो फिल्म मध्यपूर्वका युएई कतार ओमान बराइनका विभिन्न हलमा एकसाथ प्रदर्शन हुने भएको छ।
कलाकार आषिस पुरुषले ११ मे देखि मध्यपूर्वका देशमा फिल्म प्रदर्शन गर्न लागेका हुन्। यो फिल्म मध्यपुर्बका ५ दर्जन भन्दा बढी हलहरूमा प्रदर्शन हुनेछ।
फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा छन्। उनीहरूको बैवाहिक जीवनपछि जातीयताको कारण आउने समस्यालाई फिल्ममा देखाइएको छ।
विपिन र केकीसँगै फिल्ममा अर्पण थापा, कमलमणी नेपाल, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ। फिल्मको कथा सुशील पौडेलले तयार पारेका हुन्।
एसजी फिल्म्स सुलभ थापा प्रोडक्सनसँग सहकार्य गर्दै फिल्म निर्माण गरेको हो। ‘प्रसाद’ बक्स अफिसमा हिट भएको थियो।